काठमाडौं । पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार बिहान २ बजेर ५९ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । भूगर्भविदहरुले पश्चिम नेपालमा वर्षौंदेखि ठूलो भूकम्प नगएका कारण सो क्षेत्र ठूलो भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन्…