२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


बुर्तिबाङ–ढोरपाटन सडक अवरुद्ध


286
Shares

काठमाडौं । बाग्लुङको बुर्तिबाङ–ढोरपाटन सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै गएको पहिरोले सडक अवरुद्ध भएको हो ।

बिहीबार दिउँसो खसेको पहिरोले अवरुद्ध भएको र सडक खुलाउने प्रयास भइरहेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

सडक अवरुद्ध हुँदा ढोरपाटन, बोबाङ, फल्लेघरलगायतका क्षेत्रतर्फको यातायात रोकिएको छ ।