काठमाडौं । गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पाको रामपुर पुगेको छ । गत चैत २९ गते गोरखाबाट हिंडेको सैनिक टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार साँझ पाल्पाको रामपुर पुगेको हो । पृथ्वीनारायण शाहको सेनाले नेपाल एकीकरणमा हिंडेको बाटो हुँदै सेना बुटवलको जितगढी जान लागेको हो । गोरखाली फौजले अंग्रेज फौजलाई बुटवलको जितगढी किल्लामा परास्त गरेको…