काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु भएको छ। शनिबार राति करिब ८ बजेतिर पहिरोले घर पुर्दा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरीको मृत्यु भएको प्रहरी वृत्त बालाजुले जनाएको छ । सो घटनामा परी गणेशकी श्रीमती सञ्जु तामाङ भने घाइते भएकी छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको…