Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


गोरखा–जितगढी सैनिक पदयात्रा : सेनाको टोली पाल्पाको रामपुर पुग्यो


182
Shares

काठमाडौं । गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पाको रामपुर पुगेको छ ।

गत चैत २९ गते गोरखाबाट हिंडेको सैनिक टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार साँझ पाल्पाको रामपुर पुगेको हो ।

पृथ्वीनारायण शाहको सेनाले नेपाल एकीकरणमा हिंडेको बाटो हुँदै सेना बुटवलको जितगढी जान लागेको हो । गोरखाली फौजले अंग्रेज फौजलाई बुटवलको जितगढी किल्लामा परास्त गरेको थियो ।

पाल्पाको रामपुरमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, रामपुर नगरका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, विभिन्न वडाध्यक्ष, स्थानीय महिला समूह, नेपाली सेना, नेपाल प्रहरी, स्थानीयलै सैनिक टोलीको भब्य स्वागत गरेका थिए ।

पदयात्राको नेतृत्व गरेका द फेमस महेन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले एकीकरण मार्ग, ऐतिहासिक धरोहरको जगेर्ना, एकीकरण अभियानको भावी पुस्तामा हस्तान्तरण, राष्ट्रिय एकताको भावनामा वृद्धिलगायतका उद्देश्यले पहिलो पटक यस ऐतिहासिक गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा जितगढी (रुपन्देही) पदयात्रा कार्यक्रम तय गरिएको बताउनुभयो ।

पदयात्रामामा ५५ जनाको टोली रहेको छ भने बाटोमा पर्ने सैनिक ब्यारेकहरुबाट पनि आवश्यक संख्या थपिने गरेको छ ।