सिन्धुली । सिन्धुलीमा वीपी राजमार्ग, मदन भण्डारी र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । वीपी राजमार्ग अन्तर्गत सिन्धुली बर्दिबास सडक खण्डका विभिन्न स्थानमा खहरेले अवरोध गर्नुका साथै ठाउँ ठाउँमा पहिरो गएको छ । यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मी सम्म विभिन्न स्थानमा पहिरो गएपछि लोकमार्ग अवरुद्ध भएको हो । सिन्धुलीको कमला र मरिणनदीको…