काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा समस्या भएको छ । सर्वोच्च अदालतले सोमबार फोहोर विसर्जनमा अवरोध नगर्न आदेश दिएपनि प्रभावित क्षेत्रका वासिन्दाले उक्त आदेश मानेका छैनन् । ल्याण्डफिल साइट क्षेत्रबाट मानव वस्ती हटाउनुपर्ने उनीहरुको बटमलाइन रहेको छ । आफुसँग भएका पुराना सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका…