काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साहबिरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले साहबिरुद्ध सोमबार बिषेश अदालतमा मुद्धा दायर गरेको हो । विज्ञान प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग साहले विद्युत महशुलवापतको रकम ३३ लाख २० हजार २२६ रुपैयाँ…