Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


भूपाल प्रज्ञापरिषद्बाट भूकम्प पीडितलाई १० लाख सहयोग


156
Shares

काठमाडौं । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट भूकम्प पीडितलाई १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा.बालमानसिंह कार्कीले मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

भूपाल प्रज्ञापरिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा मंगलबार बसेको परिषद्को बैठकले जाजरकोट र रुकुमका भूकम्प पीडितलाई आर्थिक सहयोग बापत सो रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।