काठमाडौं । जिल्ला अदालत काठमाडौंमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । शुक्रबार जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि रायमाझी, खाँण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई जेल चलानको आदेश दिएको हो । साथै अदालतले…