काठमाडौं । विशाल नेपाल महाअभियानले नेपालीहरूको महान पर्व विजया दशमीको अवसर पारेर शुभकामना तथा सरसफाइ ¥यालीको आयोजना गरेको छ । मध्य बानेश्वरबाट बिहान शुरु भएको उक्त ¥याली रत्नराज्य विद्यालय, भेनस अस्पताल, पिपलबोट, बानेश्वर हाइट, सेतोपुल, मैतिदेवी चोक, पिपलबोट डिल्लीबजार, खसीचोक घट्टेकुलो, देवीनगर, थापागाउँ हुँदै पुनः मध्य बानेश्वरमा पुगेर सम्पन्न भएको थियो । ¥यालीपछि आयोजित शुभकामना…