काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अनेक खालका चलखेल भइरहेको आरोप लगाउनु भएको छ । माओवादी पार्टीले आजदेखि शुरु गरेको मध्यपहाडी लोकमार्ग अभियानको आज वैतडीको पाटनबाट शुरुवात गर्दै दाहालले बर्तमान सरकार सुशासनको खिलाफमा अगाडि बढिरहेको आरोप पनि दोहो¥याउनुभयो । राष्ट्र बैंकको गभर्नर दुई महिना अघि नै नियुक्त हुनुपर्नेमा…