Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


ओखलढुंगामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ५ जना घाइते

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को ओखरबोटस्थित भित्री सडकमा बिहीबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोरङको पथरीका २६ वर्षीय गणेश रसाईलीको घटनास्थलमै मृत्यु भएको हो । आयु मोलुङ हाइड्रोपावर कम्पनीका कर्मचारी लिएर प्राप्चाबाट खोलाखर्क जाँदै गरेको जीप दुर्घटनामा परि अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।…