Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


विश्व सामाजिक मञ्चको सम्मेलन सुरु


52
Shares

काठमाडौं । विश्व सामाजिक मञ्चको १६ औं संस्करण सुरु भएको छ ।

बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा १६ औं संस्करणको विश्व सामाजिक मञ्चको सम्मेलन सुरु भएको हो ।

अर्को विश्व सम्भव छ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा ९२ मुलुकका करिब ४० हजार मानिसहरुको सहभागिता रहने बताइएको छ ।

सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मुलविधामा आधारित भएर चार सय कार्यक्रम हुने भएका छन् ।

विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुने छ ।

सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानून, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुने बताइएको छ ।