२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कपिलवस्तु बस दुर्घटना अपडेट : मृत्यु भएका सबैको सनाखत


33.111k
Shares

कपिलवस्तु । कपिलवस्तुमा भएको बस दुर्घटनामा मृत्यु भएका दश जना सबैको सनाखत भएको छ ।

मृत्य हुनेहरुमा रौतहट– औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल– ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भइसकेको छ ।

यस्तै भिमदत्त नगरपालिका– १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भिमदत्त– ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भिमदत्त नगरपालिका– १६ कन्चनपुर वर्षीय सन्जु थापा, पुनरवास नगरपालिका निवासी किसन भट्टको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भिमदत्त नगरपालिका– २ बस्ने सुदिप भट्ट र पुनरवास नगरपालिका– ९ बिसफाटा बस्ने बिमला देवी भट्टको पहिचान खुलेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका– १ सुरही पुलनजिकै महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस राती १ बजे बाटोबाट २ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा ३० जना घाइते भएको र त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायवउपरीक्षक हरि वलीले बताउनुभयो ।