काठमाडौं । मोरङको उर्लाबारी-१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवा सदर चिडियाखाना जावलाखेल ल्याइएको छ । गत बुधबार मोरङको उर्लाबारी-१ चारघरे क्षेत्रमा भेटिएको वयस्क भाले हिउँ चितुवा शुक्रबार जावलाखेलमा ल्याइएको हो । शुक्रबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्रकार सम्मेलन गर्दै मोरङको उर्लाबारी-१ चारघरे भन्ने ठाउँमा बाँसको झ्याङमा बसेको अवस्थामा भेटिएको हिउँ चितुवालाई उद्धार गरेर…