काठमाडौं । जनमत पार्टीले राष्ट्रिय सचिव विश्वेश्वरप्रसाद साहसहित ७ जना नेता-कार्यकर्तालाई तीन महिना निलम्बन गरेको छ ।
पार्टी केन्द्रीय अनुशासन समितिको गत असार २० गते बसेको बैठकको आन्तरिक छानबिन समितिको प्रतिवेदनको आधारमा ७ जनालाई कारबाही गरिएको विज्ञप्ति मार्फत जनाएको छ ।
जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरित ढंगले अनुशासनहीनता प्रदर्शन गरेको भन्दै पार्टीको कुनै पनि कामकाजमा सहभागी नहुने गरी आजकै मितिबाट ३ महिनाका लागि निलम्बन गरिएको पार्टीले जनाएको छ ।
निलम्बन हुनेमा केन्द्रीय सदस्य रामेश्वर यादव, विश्वेश्वर प्रसाद (बीपी)साह, अरविन्द सहनी, धिरज कामती, अनिताकुमारी यादव, कृष्णचन्द्र साह र दीपनारायण यादव रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्