१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


वर्षाले ठाउँ-ठाउँमा पहिरो, विभिन्न सडक अवरुद्ध


520
Shares

काठमाडौं । मनसुनी वर्षासँगै आएको बाढी-पहिरोले विभिन्न राजमार्ग तथा सडकहरुमा क्षति पुग्दा अहिलेसम्म ३८ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको सडक विभागको प्रारम्भिक रिपोर्टले देखाएको छ ।

गत शुक्रबारदेखि सोमबारसम्मको अरिवरल वर्षाका कारण आएको बाढी र पहिरोबाट देशका ८० वटा राजमार्ग मध्य ३१ वटाको २ सय ३४ स्थानमा पहिरोले क्षति पुर्याएको छ । सडक विभागका अनुसार यो वर्ष मनसुन सुरु भएदेखि अहिलेसम्म सडक क्षेत्रमा ११ करोड र पुलमा गरी २८ करोड बराबरको क्षति भएको छ । वर्षायाम भर्खर शुरु भएकाले क्षति अझै बढ्दन सक्ने विभागका प्रवक्ता उमेश बिन्दु श्रेष्ठले बताउनुभयो । सडक विभागले आफ्नो श्रोत साधन प्रयोग गरि अवरुद्ध सडक खुलाउने क्रम जारी रहेको र अहिले ६ वटा राजमार्गको ११ स्थानमा मात्र सडक अवरुद्ध रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

विभागका अनुसार संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङका विभिन्न सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । कतिपय स्थानमा सडक एकतर्फी सञ्चालनमा छन् । पूर्वी र मध्य नेपालमा बाढी पहिरोको प्रभाव बढी परेको पनि विभागले जनाएको छ । पहाडी क्षेत्रका अधिकांश कच्च सडकहरु भने लगभग बन्द अवस्थामा रहेका छन् ।