काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले स्वदेशी वस्तुको प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गर्नुभएको छ । स्वदेशी उद्योगलाई सफल बनाउनका लागि पनि आम उपभोक्ताले स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसाल्नुपर्ने मुख्यसचिव अर्यालको भनाई थियो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले आफूले नेपाल सरकारको सचिव भएयता प्रायः नेपाली जुत्तानै प्रयोग गर्ने गरेको उल्लेख…