सोलुखुम्बु । अविरल वर्षासँगै अवरुद्ध बनेको सिद्धिचरण राजमार्ग सुचारु भएको छ ।
ओखलढुंगा र सोलखुम्बु सदरमुकाम जोड्ने सिद्धिचरण राजमार्गको पहिरो हटाएसँगै सडक सुचारु भएको हो ।
सडक खुलेसंगै ओखलढुंगा र सोलुखुम्बुबाट घुर्मी, गाईघाट हुँदै विराटनगर इटहरीलगायतका क्षेत्रमा सवारी सञ्चालन हुन थालेका छन् । सिद्धिचरण राजमार्गको घुर्मी कटारी खण्ड, हर्कपुर ओखलढुंगा खण्ड र पत्ताले सल्लेरी खण्डमा रहेको पहिरो पन्छाइएको हो ।
सडक खुले पनि पहिरोको जोखिम भने कायमै रहेको भन्दै प्रशासनले सचेत रहन भनेको छ । यस्तै घुर्मी हुँदै खोटाङ सदरमुकाम दिक्तेल जाने मध्यपहाडी राजमार्गसमेत सुचारु भएको छ । विराटनगर इटहरी लगायतका क्षेत्रमा आवतजावत शुरु भए पनि काठमाडौँतर्फ भने सडक अवरुद्ध नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्