बैतडी । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज बिहीबारदेखि शुरु हुँदैछ । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको शुभारम्भ गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा बिहान ८ बजे नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको छ ।…