काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त रुकुमपश्चिम र जाजरकोट जिल्लाका संरचनाको पुनःनिर्माणलाई जनताको सेवा ठानेर इमानदारीका साथ काम गर्न स्वयंसेवकहरूलाई आग्रह गर्नुभएको छ । सल्यान दार्मा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित ढाकाडामकोटमा भूकम्पप्रभावित परिवारका निम्ति अस्थायी आवास तथा शौचालय निर्माणका लागि परिचालन भएका स्वयंसेवकहरूलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकार, राजनीतिक…