काठमाडौं । खेतान समुह अन्तर्गतको सरस बेभरेजेजले थाइल्याण्डको लोकप्रिय इनर्जी ड्रिंक्स रेडबुल नेपालको नवलपुरको अमरापुरीमा आफ्नै फ्याक्ट्री स्थापना गरि उत्पादन तथा बिक्री वितरण सुरु गरेको छ । उक्त फ्याक्ट्री नेपालमा अति लोकप्रिय रेडबुलको विश्वकै चौथो फ्याक्ट्री भएको जनाइएको छ । नवलपुर स्थित फ्याक्ट्री उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सरस बेभरेजेजको आफ्नै फ्याक्ट्रीबाट रेडबुलको उत्पादन…