काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । महानगरले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरेको हो । महानगर अन्तर्गतको स्वास्थ्य विभागले १५ दिनको अवधि दिएर मंसिर २७ देखि प्लाष्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थहरु र…