काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिश बालकृष्ण ढकालले अदालतमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताउनुभएको छ । सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधिश ढकालले अदालतमा आर्टिफिसियल इन्टेलीजेन्स(एआई)को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताउनुभएको हो । उहाँले अदालत व्यवस्थापनको कार्यमा आर्टिफिसियल इन्टेलीजेन्स प्रविधिको प्रभावकारिता अनुभव…