काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज बिहीबार पनि सुनुवाइ हुँदैछ । बुधबार हेर्दा हेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो । बिहीबार सन्दिपको तर्फबाट ६ जना वलिकहरुले बहस गर्नुहुनेछ । उनको एक जना वकिल मुरारी सापकोटाले भने बुधबारनै बहस गरिसक्नुभएको छ । जाहेरवाला र सरकारी वकिलको बहस हिजो सकिएको हो…