काठमाडौं । यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार योहो टेलिभिजनका समाचारप्रमुख जीवराम भण्डारीलाई प्रदान गरिएको छ । स्वर्गीय वियोगीको १८ औं पुण्य तिथिका अवसरमा नुवाकोटको सूर्य चौरमा आयोजित कार्यक्रममा भण्डारीलाई २५ हजार राशीको गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । यसैगरि गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार नुवाकोट कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आउनुभएका त्रिशुली प्रवाहका…