Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


नौबिसे–मलेखु सडकखण्ड आजबाट राति ५ घण्टा बन्द

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्ड आजबाट १५ दिनका लागि राति ५ घन्टा बन्द हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजनाले जारी गरेको सूचनामा राति १० देखि बिहान ३ बजेसम्म सडक बन्द हुने जनाइएको छ । उक्त सडकमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको मर्मतका लागि सडक बन्द गर्न लागिएको…