२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


माओवादीको जागरण अभियान पुनः स्थगित


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित भएको छ ।

यही चैत १५ गते माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा काठमाडौंमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान केही दिनको लागि स्थागित गरिएको पार्टी अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

यही चैत १६ गतेबाटै अभियान अघि बढ्ने उहाँको् भनाई छ । अभियानका क्रममा चितवन पुगेका पार्टी अध्यक्ष दाहाल प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा सहित शीर्ष नेताहरुबीचको भेटवार्ताको लागि आज साँझ काठमाडौैं आईपुग्ने पनि जनाईएको छ ।

गत फागुन १२ गतेबाट झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते रौतहटमा पुगेर स्थगित भएको थियो । उक्त अभियान गएको बिहीबारदेखि पुनः बाराबाट सुरु भएको थियो । अभियान अन्तर्गत अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भइसकेको छ । त्यसपछि मध्य पहाडी क्षेत्रमा अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ ।

अभियान सगरमाथाको फेदिमा पुगेपछि पूरा हुनेछ ।