काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले छोरी सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन आग्रह गर्नुएको छ । मेयर हमालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको गोवामा बस्दै आएकी जेठी छोरी आरती हमाल सम्पर्कविहीन भएको बताउनुभएको छ । छोरी सम्पर्कविहीन भएको जानकारी पाएको भन्दै खोजीका लागि सहयोग गरिदिन मेयर हमालले अनुरोध गर्नुभएको छ ।