सर्लाही । सर्लाहीको बागमती र बरहथवा नगरपालिकाका किसान मकैमा दाना नलाग्दा मारमा परेका छन् । मकै जोन अन्तर्गत पर्ने यी दुई पालिकाका धेरैजसो किसानले भारतीय बीउ उत्पादक कम्पनि नुजिभिडु सिड्सले उत्पादन गरेको ८३५२ जातको हाइब्रिड मकै रोपेका थिए । यस क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोत मकै खेती हो । तर यो वर्ष मकैमा दाना नै…