काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आधिकारिक अनलाइन मिडिया नरहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो । सार्वजनिक सेवा प्रशारण विधेयकमाथिको छलफलका क्रममा उहाँले सरकारको आधिकारिक अनलाइन मिडिया नभइसकेपछि सार्वजनिक सेवा प्रशारण विधेयकमा मिसाउन नमिल्ने बताउनुभयो । उहाँले आगामी…