काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी परेका छन् । सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरी खतिवडाले ९२ वटा उजुरी परेकोमा ५८ वटा उजुरीहरु दर्ता गरिएको जानकारी दिनुभयो । सभापति खतिवडाले बाँकी ३४ वटा उजुरीहरु अध्ययनका क्रममा रहेको जानकारी दिनुभयो । उजुरीहरुको बारेमा अध्ययन गर्नको लागि उपसमिति गठन गरेर…