Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


रसुवामा पनि कर्फ्यू आदेश जारी (विज्ञप्तिसहित)


0
Shares

काठमाडौं । रसुवामा पनि कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार बिहान एक सूचना मार्फत गर्दै जिल्ला भरी कर्फ्यू आदेश जारी गरेकाे जनाएकाे हाे ।प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको सूचनामा बुधबार बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सबै सीमा क्षेत्रभित्र कर्फ्यू लगाएकाे बताउनुभयाे ।

कर्फ्यू अवधिभरी आउजाउ गर्न, भेला, जुलुस, प्रदर्शन, सभा बैठक र घेराउ गर्न नपाइने सूचनामा उल्लेख गरिएकाे छ । जेनजी प्रदर्शनको क्रममा तोडफोड, आगजनी, लुटपाट र आक्रमणका घटना भएपछि नेपाली सेनाले पनि देशभरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको हाे।