बैतडी । महाकाली राजमार्गमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । राजमार्ग अन्तरगत बैतडीको सतबाँझ–सिल्लेगडा सडकखण्डको सुर्नया गाउँपालिका–३ सिदुनमा दुर्घटना भएको हो । धनगढीबाट बैतडीको तल्लादेहीका लागि आइरहेको सुपप्र ०२००१ज ३८५ नम्बरको जिप आज बिहान करिब २ बजेको समयमा दुर्घटनामा परेको हो ।दुर्घटनामा परी घाइते हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २७ वर्षीय…