सोलुखुम्बु । अविरल वर्षासँगै अवरुद्ध बनेको सिद्धिचरण राजमार्ग सुचारु भएको छ । ओखलढुंगा र सोलखुम्बु सदरमुकाम जोड्ने सिद्धिचरण राजमार्गको पहिरो हटाएसँगै सडक सुचारु भएको हो । सडक खुलेसंगै ओखलढुंगा र सोलुखुम्बुबाट घुर्मी, गाईघाट हुँदै विराटनगर इटहरीलगायतका क्षेत्रमा सवारी सञ्चालन हुन थालेका छन् । सिद्धिचरण राजमार्गको घुर्मी कटारी खण्ड, हर्कपुर ओखलढुंगा खण्ड र पत्ताले सल्लेरी खण्डमा…