Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


एमाले नेता बस्नेत निकट दावी गर्ने समूहकाे धम्कीपछि सुदन गुरूङ सम्पर्कविहीन


91.8k
Shares

काठमाडौं । जेनजी आन्दोलनका अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार एक समूहले आक्रमणको प्रयास गरेकाे छ।

नेकपा एमालेका युवा नेता महेश बस्नेत निकट दावी गर्ने समूहले संयोजक गुरुङमाथि धम्की दिएकाे हाे । गुरुङका अनुसार उनलाई मंगलबारदेखि नै अपरिचित समूहले पिछा गरिरहेको थियो । मंगलबार काठमाडौंका विभिन्न क्षेत्रमा आफ्नो पिछा गरेको बताएका उनले बुधबार पनि रानीबारीदेखि नयाँ बानेश्वरसम्म केही थान पल्सर र होन्डा बाइकमा रहेको समूहले लखेटेको बताएका छन् ।

उनलाई पिछा गर्ने क्रममा केही गाडीहरु पनि थपिएको गुरुङले गुनासो गरेका छन् । गुरुङले ईमेज खबरसँग भनेका छन्:- ‘मलाई केही समूहले मार्ने उदेश्यले पिछा गरिरहेको छ । बुधबार मात्रै मैले जानकारी पाए त्यो समूह एमाले नेता बस्नेतबाट परिचालित रहेछ ।’ संयोजक गुरुङले सुशासनका लागि आफूले आवाज उठाउदा र जेनजी आन्दालनमा समन्वयकारी भूमिका निर्वाह गर्दा आफूलाई सुरक्षा चुनौती भएको बताएका छन् ।

प्रहरीले संयोजक गुरुङको सुरक्षाका लागि रणनीतिक काम गरिरहेको बताए पनि गुरुङ अहिले सम्पर्क विहीन भएका छन् ।