बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका घुम्न गएका कञ्चनपुरका एक युवकलाई नेपाली सेनाले उद्धार गरेको छ।
भारी हिमपातका कारण बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीलाई सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको हो।
चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्किने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा आश्रय लिएर बसेका थिए।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार उद्धार गरिएका कार्कीलाई हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी पुर्याइएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दनिुभयो।
यसैबीच, बडीमालिका यात्राका क्रममा सम्पर्कविहीन भएका कञ्चनपुरको बेदकोटका २० वर्षीय मनिष बोहराको खोजी कार्य जारी रहेको प्रजिअ रिजालले बताउनुभयो।
खोजी तथा उद्धारका लागि सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर परिचालन गरिएको छ।









प्रतिक्रिया दिनुहोस्