काठमाडौं । संघीय निजामति विधेयक कर्मचारीको मनोबल बढाउँदै जनउत्तदायी बनाउने गरी ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् । संघीय निजामति सेवाले प्रदेश र स्थानीय निजामति सेवासँग समन्वयन गर्नेगरी विधेयक ल्याउनुपर्नेमा उनीहरुको जोड छ । बैठकमा बोल्दै नेकपा (मोवादी केन्द्र)का सांसद…