काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को ९९ सदस्यीय केन्द्रीय समितिमा २२ जना निर्विरोध निर्वाचित भएका छन् । आइतबारदेखि राजधानीको प्रज्ञा भवनमा भएको प्रथम महाधिवेशनपछिको निर्वाचनबाट २२ जना निर्विरोध निर्वाचित भएका हुन् । बाँकी पदमा भएको निर्वाचनको पनि अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ । जसअनुसार अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का…