बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार-प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताउनुभएको छ । लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्व आजको समयमा झनै बढेको उल्लेख गर्नुभयो । लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल भएको उल्लेख गर्दै उहाँले बौद्ध शिक्षा तथा दर्शनलाई…