Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


आज ईद–उल–फित्र मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम समुदायले आज ईद पर्व मनाउँदैछन् । इस्लाम धर्मावलम्बीको एक महिना लामो रमजान समापन भएको खुशीयालीमा ईद–उल–फित्र मनाउन लागिएको हो । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यस पर्वमा प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाइन्छ । यस दिनमा इस्लाम धर्मावलम्बीहरुले पवित्र भइ मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ…