Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


सिन्धुलीमा ३ छोराकी आमाको हत्यामा संलग्न एकै परिवारका २ जना पक्राउ


1.3k
Shares

सिन्धुली। सिन्धुलीमा एक महिलाको विभत्स हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

तीनपाटन गाउँपालिका-१ पहिरेकी ४० वर्षिया छत्रकुमारी कार्की थापाको हत्या गरेको घटनामा प्रहरीले दुधौली नगरपालिका- १३ का २९ वर्षीया सुर्यबहादुर कामी र वर्ष २१ को टंकबहादर कामीलाई पक्राउ गरेको हो। उनीहरुले तीनपाटनस्थित बेलघारीमा रहेको झोलुङ्गे पुल नजिकै ती महिलाको विभत्स रुपमा हत्या गरी फरार रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको जनाएको छ।

प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सेवेदीले यहि कार्तिक १७ गतेदेखि हराएकी थापाको क्षतविक्षत भएकाे अवस्थामा शव घाँस काट्न गएका स्थानीयले चँदाहा नदी नजिकैको घारीमा फेला पारेकाे बताउनुभयाे ।
सोही हत्याको घटनामा ३ जना मिलेर महिलाको विभत्स हत्या गरेको उहाँकाे भनाइ छ। एक जनाको भने खाेजी कार्य जारी रहेकाे उहाँले बताउनुभयाे ।

साेही घटनाका समयमा मृतकका श्रीमान, सासु र ससुरा भारतमा बस्दै आएका थिए । मृतक थापा ३ जना छोराहरुसँगै घरमा बस्दै आएकी प्रहरीले बताएकाे छ।