Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


मलेसिया-थाइल्यान्ड डुंगा दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १२ जना पुग्याे


312
Shares

एजेन्सी। मलेसिया-थाइल्यान्ड समुद्री सीमामा कागजातविहीन आप्रवासी बोकेको डुंगा गत हप्ता डुब्दा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ।

साेही दुर्घटनामा परेका १३ जनालाई उद्धार गरिएको अधिकारीहरूले मंगलबार बताएका हुन्। सोमबार केदाह राज्यमा एक बच्चा, दुई पुरुष र दुई महिलासहित ५ जनाको शव फेला परेको केदाह र पर्लिस राज्यका लागि मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमईए) का निर्देशक रोमली मुस्तफाले जारी गरेकाे विज्ञप्ति भनिएकाे छ।

खराब मौसमका कारण स्थगित गरिएको खोजी कार्य मंलबारदेखि पुनः शुरु गरिएको उनले बताएका हुन्।