Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


चितवनको जलविरेमा सवारी दुर्घटनापछि अवरूद्ध भएकाे नारायणगढ-मुग्लिन सडक संचालन, ३३ यात्रु घाइते

काठमाडौं । चितवनको जलविरेमा दुई वटा बस र एउटा ट्रक एक-आपसमा ठोक्किएर दुर्घटना भएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको जलविरेमा आइतबार बिहान दुई बस र एउटा ट्रक एक-आपसमा ठोक्किएपछि सडक अवरुद्ध भएको थियो । दुर्घटना हुँदा अवरुद्ध भएको सडक-खण्ड सवारी साधन हटाइ दुवैतर्फी नै सुचारू भएको छ…