काठमाडौं । निर्मला पन्त बलात्कार हत्या प्रकरणमा गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख (एसपी) डिल्लीराज बिष्टलाई निलम्बन गर्न निर्देशन दिएको छ । साथै डीएसपी ज्ञानबहादुर सेटी र इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर बोलाइने भएको छ । निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न…