रौतहट । रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा एक जनाको शव भेटिएको छ । भारतको बैरगनियास्थित बेल्वाघाट नदी किनारमा ईशनाथ नगरपालिका औरैयाकी ४० वर्षीया रुना देवीको शव भेटिएको जनाइएको छ । ईशनाथ नगरपालिकाको औरयाबाट सदरमुकाम गौरतर्फको टिकुलिया आउने क्रममा उक्त नदीको पानीको सतह बढन गई निर्माणाधीन पुलको पिलरमा ठोक्किएर डुङ्गा दुर्घटना भएको थियो…