काठमाडौं, असोज १ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण (शा से) चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् । आइतबार बिहान दक्षिण सुडानको पिपुल्स लिवरेशन आर्मी (एसपिएलए)का तर्फबाट चलाइएको गोली लागेर घाइते भएका जवानको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ…