काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारी पोल्यान्डको कातोबीचे शहरमा भएको जलवायु परिवर्तसम्बन्धी सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । सम्मेलनमा विश्वका करिब दुई सय देशका प्रतिनिधि सहभागी थिए । उनीहरुले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका…