
-डीबी विष्ट/ईमेज
बझाङ । बझाङको तल्कोट गाँउपालिकाको वडा नम्बर ३ मा अवस्थित वस्ती पहिरोको उच्च जोखिममा देखिएको छ ।
वर्षायाममा गाउँको मुनि रहेको सेती नदीले धार परिवर्तन गरी कटान गर्न थालेपछि वस्ती नै पहिरोको उच्च जोखिममा परेको हो ।
बस्तीमाथि ताक्लाकोट सडकखण्ड र शाखा सडक निर्माण कारण गाउँको मुनीपट्टी रहेको सेती नदीले धार परिवर्तन गरेको छ ।
विशेषगरी वर्षायाममा धार परिवर्तन गरी नदी गाउँ नै पसेपछि स्थानीय विस्थापित भएका थिए ।
वर्षाको समयमा सेती नदीले धार परिवर्तन गरेपछि दैनिक गुजारा चलाउने खेत बगाएको र आधाभन्दा बढी जमिन पहिरोले पुरेको हुँदा खानबस्ने समस्या हुन थालेको स्थानीय अर्जुन रोकायाको गुनासो छ ।
८ सय ४१ जनसंंख्या रहेको यस बस्तिका स्थानीय वर्षायाममा बढी असुरक्षित भएपछि गाउँ नै छाडेर लेकतिर बस्न गएका थिए ।
अहिले पहिरोको जोखिम कम भएपनि बेलाबेला ढुंगा खस्ने भएकोले त्रास भने बाँकी नै छ गाँउको अवस्था जोखिमपूर्ण भएपनि सरकारी तबरबाट गाउँ बचाउनको लागि खासै पहल नभएको स्थानीय गणेश रोकायाको भनाइ छ ।
यद्यपी, बस्तीलाई नमुना वस्ती बनाउनका लागि जनसंख्या तथा बातावरण मन्त्रालयले जनश्रमदानसहित२७ लाख ७० हजार बजेट विनीयोजन गरको छ ।
यो पर्याप्त भने होइन । यस बस्तिलाई नमूना बनाउनका लािग आफूहरु सक्दो प्रयास गरिरहेको तल्कोट गाँउपालीका वडा नम्बर ३ का वडा अध्यक्ष भरत बोहराको प्रतिबद्धता छ ।
जोखिममा रहेको बस्तीलाई सुरक्षित बनाउन यो हिउँदको समयमै पहल गर्न आवश्यक छ । नत्र आगामी वर्षायाम पनि यस बस्तीलाई ठूलो संकट पर्ने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्